करीब २० वर्ष अघिदेखि नेपालमा बी. पी. कोईराला मेमोरीयल क्यान्सर अस्पताल भरतपूर र पाटन अस्पताल ललितपुरलाई फोक्सो, कलेजो, मिर्गौला , ब्लड क्यान्सर लगायतका क्यान्सरका औषधीहरु (Targeted Therapy) उपलब्ध गराउॅंदै आएको “THE MAX FOUNDATION”ले विभिन्न ६ प्रकारका क्यान्सरका औषधीहरु यस सुशील कोईराला प्रखर क्यान्सर अस्पताल खजूरा, बांकेलाई पनि नि:शुल्क उपलब्ध गराउने भएको छ। पश्चिम नेपालका क्यान्सर बिरामीलाई ठूलो सहयोग हुने देखि हामीले गरेको आग्रहलाई सम्बोधन गरिदिएकोमा “THE MAX FOUNDATION” लाई धेरै धेरै धन्यवाद।