आज मिति २०८०/०६/०५ बाट पश्चिम नेपालकै एकमात्र क्यान्सर अस्पताल यस ‘शुशील कोइराला प्रखर क्यान्सर अस्पताल खजुरा-७, बांके’का सम्पूर्ण जनरल बेडहरु नि:शुल्क गरिएको जानकारी गराइन्छ। साथै अस्पतालमा भर्ना भएका अति विपन्न बिरामीहरुलाई नि:शुल्क खानाको पनि व्यवस्था भएको छ। यसबाट पश्चिम नेपालका क्यान्सर रोग लागेका बिरामीलाई धेरै राहत मिल्ने विश्वास छ।