पश्चिम नेपालकै एकमात्र क्यान्सर अस्पताल यस शुशील कोईराला प्रखर क्यान्सर अस्पताल खजुरा, बाँकेमा अब बाल क्यान्सर रोगको पनि उपचार सुरु हुने भएको छ। WHO को Shared care center अन्तर्गत रहेको यस अस्पतालमा नवनिर्मित Paediatric Oncology वार्ड।यसबाट क्यान्सर लागेका धेरै बालबालिकाले पश्चिम नेपालमै उपचार पाउनेछन्। यससॅंगै WHO को सहयोगमा बाल क्यान्सरका औषधीहरु निशुल्क उपलब्ध गराउन पनि पहल भइरहेको छ।