माननीय स्वास्थ्य तथा जनसंख्या मन्त्री श्री मोहन बहादुर बस्नेत ज्यूबाट सुशील कोइराला प्रखर क्यान्सर अस्पतालको निरीक्षण तथा नवनिर्मित ‘Postoperative ward‘ एवं ‘Paediatric oncology ward’ को समुद्घाटन कार्यक्रम हिजो मिति २०८०/०६/१६ मा सुसम्पन्न भएको छ। खजुरा ७, बाँकेमा अवस्थित लुम्बिनी, कर्णाली तथा सुदूरपश्चिम प्रदेशकै यस एकमात्र क्यान्सर अस्पतालमा माननीय स्वास्थ्य तथा जनसंख्या मन्त्री श्री मोहन बहादुर बस्नेत ज्यू, लुम्बिनी प्रदेशका माननीय स्वास्थ्य मन्त्री श्री राजू खनाल ज्यू, संघ तथा प्रदेशका माननीय ज्यूहरु, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव ज्यू, अतिरिक्त सचिव ज्यू,लुम्बिनी प्रदेशका स्वास्थ्य सचिव ज्यू ,महाशाखा प्रमुख ज्यूहरु लगायतको उपस्थितिमा यस अस्पतालको ईतिहास, वर्तमान अवस्था र भविष्यको कार्ययोजना सहित यस अस्पतालले सीमित स्रोतसाधन तथा जनशक्तिको भरमा प्रदान गरिरहेको विशिष्ठिकृत सेवाको अवस्था, चुनौति,एवं आवश्यकता बारे अस्पताल परिवारबाट प्रस्तुतिकरण पनि गरिएको थियो।